नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन : बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 10:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु विरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित भएको दाबी गर्दै अध्यक्ष हमालले समाचार मार्फत चरित्र हत्या गर्न खोजिएको बिषयलाई गम्भिर रुपमा लिएको बताएका हुन्।

आफुप्रति लक्षित  गरि संचार माध्यममा तथ्यहीन समाचारहरु संप्रेषण  हुनु गम्भिर बिषय भएको भन्दै उनले करिव २० बर्ष देखी बिदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको उल्लेख गरेका छन् । उनले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको र एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई गर्वको रुपमा लिएको उनले जनाएका छन् ।

अध्यक्ष हमालले धितोपत्र बजारमा शुरु भएको विभिन्न सुधारको अभियानहरु निहित स्वार्थ समुहको ईच्छाबिपरित रहेको र बोर्डको ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुबाट त्यस्ता समाचारहरु आएको दाबी गरेका छन्। निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा समेत गरेको उनले उल्लेख गरेका छन्।

यस प्रकारको क्रियाकलापबाट आफु कत्ति पनि विचलित नभएको र कानून बमोजिम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालन मार्फत मात्र देश संमृद्ध हुने उल्लेख गरेका छन् । साथै, सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतीस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माण र परिचालनमा रचनात्मक सहयोगका लागि समेत उनले आग्रह गरेका छन् ।

उनले आज दिउँसो पत्रकार सम्मेलन समेत बोलाएका छन् । पत्रकार सम्मेलमा केहि मर्चेन्ट बैंकर्सका प्रमुख कार्यकारी अधिकृतहरु समेत रहने बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved