बन्यो एफपीओको मूल्य निर्धारण सम्बन्धी मापदण्ड, यस्ता छन आधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2016 | 01:44:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गरेको छ । सुचिकृत कम्पनीहरुको एफपीओ को मूल्य निर्धारणलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन र मूल्य निर्धारणमा एक रुपता ल्याउन मूल्य निर्धारणका बिधि र आधार तय गरिएको बोर्डको बिज्ञप्तीमा उल्लेख छ। 

बोर्डद्वारा जारी मापदण्ड अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरुले एफपीओ जारी गर्दा ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने छ। एफपिओको मुल्य निर्धारणका आधार र विधिहरु सिफारिश गर्न गठित समितिले सिफारिस गरे अनुसार निम्न लिखित ४ मापदण्डलाई आधार मानेर कम्पनीहरुले एफपीओको मूल्य निर्धारण गर्नु पर्ने छ।  

एफपिओको मूल्य निर्धारण ४ आधारहरु

  • पूँजीकृत भएको आम्दानी, 
  • प्रति सेयर खुद सम्पतीको मूल्य, 
  • १ सय ८० दिनको औषत बजार मूल्य, 
  • भविष्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्य

त्यस्तै एफपीओको विभिन्न आधारहरु अवलम्बन गरी मूल्य गणना गर्ने र सवै विधिबाट प्राप्त भएको कुल मूल्यको सामान्य औषत गणना गरी वास्तविक मूल्य निकाल्नुपर्ने छ । कम्पनीले एफपीओ जारी गर्न साधारणसभाबाट निर्णय भएको ४ महिना भित्र बोर्डमा जानकारी गराइसक्नुपर्ने व्यवस्था गरिएको छ। एफपीओ मूल्यको औचित्य पुष्टीका लागि बोर्डले विभिन्न ५ वटा विधि अवलम्बन गरेको छ ।

औचित्य पुष्टीका लागि बोर्डले तयार गरेको ५ आधार 

  • सम्बन्धित व्यवसायको औषत प्रतिफल तथा विटा गणना भएको हकमा सोको आधार, 
  • प्रति शेयर खुद सम्पती मूल्य गणनाको लागि समावेश भएको सम्पूर्ण विवरण, 
  • औषत बजार मूल्य गणना गर्न बोर्डमा आवेदन दिनुभन्दा १ सय ८० दिनको मूल्य, 
  • वित्तीय प्रक्षेपणका आधारहरुको औचित्य र  
  • छुट दर तथा टर्मिनल ग्रोथ रेट गणनाका गर्दाका आधारहरु 

जारी मापदण्डको पालनाले कम्पनीहरुको एफपिओ मूल्य निर्धारणमा एकरुपता आउने र मूल्य निर्धारण प्रक्रिया स्वच्छ तथा पारदर्शी हुने बोर्डको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved