सर्वसाधारणले एशियन हाइड्रोको आईपिओ भर्ने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 09:12:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद एक दिन थप भएको छ । फागुन १ गते सरकारले सार्वजनिक विदा दिएपछि आवेदन दिने म्याद एक दिन थप भएको हो 

यस सँगै कम्पनीको आईपिओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले माघ २७ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ  । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ  । 

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आइपिओ निष्काशन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । अब कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर  बाँकि रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो  

यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved