माथिल्लो मैलुङखोलाले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 09:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन ३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यी शेयर निष्काशन गर्न लागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved