सर्वसाधारणलाई सानिमा मिडिल तमोरको आइपिओ फागुन २६ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 08:55:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले  सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्न लागेको हो 

यस निष्काशनमा फागुन ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । 

 कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved