राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्सको लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 10:04:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि लाभांश संशोधन गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अघि  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब कम्पनीले ३४.४५ प्रतिशत बोनस शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख रहेको छ । 

संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

 कम्पनीले  २०७८ / ०३ / ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved