प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिन्छ मोलुङ हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 10:30:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ  बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।  

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरेको छ  । जस अनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले शेयर पाएका छन्  । २ लाख २६ हजार ४ सय ६५ जना आवेदक मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्  । कम्पनीले  फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।  

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved