स्थानीयले मोदी इनर्जीको आईपिओ भर्ने म्याद थपियो, श्रमिकहरुलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 09:09:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मोदी इनर्जी लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसँगै स्थानीयले चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने छन्  श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको हकमा भने आज चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। 

मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन २५ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले पर्वत जिल्लाका स्थानीयको लागि २९ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ३  मोदी गाउपलिका वडा नम्बर २, ५ र ६ , तथा कुश्मा नगरपालिका वडा नम्बर ८ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन्  ।  त्यस्तै ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको छ।

 स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । श्रमिकलाई छुट्याईएको शेयरमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।  

स्थानीय र श्रमिकलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले २ लाख १७ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई, ८७ हजार कितात कम्पनीका कर्मचारीलाई र बाँकि ३६ लाख १० हजार ५ सय कित्ता आम सर्वसाधारणलाई निष्काशन गर्ने छ । 

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved