
शेयरबजारका ३ वटा लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर शेयरबजारबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । बुधबार काठमाडौँको लाजिम्पाट स्थित र्याडिसन होटेलमा "समृद्ध नेपालको आधार, पूँजी बजारमा सुधार" विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
उक्त कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल प्रमुख अतिथिको रुपमा उपस्थित हुने छन्। नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मुख्य वक्ताको रुपमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, फोरम कै निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल रहेका छन् ।