सिटिटेक ग्रुपका कर्मचारीले एनआईबीएल सहभागीता फण्डमा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 09:47:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुप प्रा.लिबीच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिटेक ग्रुप प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् । 

 सम्झौतामा सिटिटेक ग्रुप प्रा.लिका तर्फबाट कम्पनीका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना  व्थवस्थापक तथा  डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रा.लिबिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको क्यापिटलले जनाएको छ । 







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved