गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 10:47:28 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि  चैत्र २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले बैशाख ६ गते तिनकुने स्थिति आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ। भर्चुअल विधि मार्फत पनि सभामा भाग लिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट हालको चुक्ता पूँजीको १३.२७१२ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरको लागि कर भने शेयरधनी आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै साधारणसभामा मर्जर प्रस्ताव पनि पेश हुने छ ।  गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ एक आपसमा मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बन्ने छ । गुराँस लाइफको साधारणसभामा यहि मर्जर समबन्धि हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, डिडिए रिपोर्ट पारित गर्ने,  बाँकि काम गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, थप संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, र मर्जरको लागि गर्नु पर्ने बाँकि सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।  गुराँस लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ समान हैसियतमा मर्ज हुन लागेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved