धितोपत्र बोर्डद्वारा २ वटा मर्चेन्ट बैंकरलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 03:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २ वटा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) लाई कारवाही गरेको छ । बोर्डले चैत्र १४ गते नागरिक लगानी कोष र नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई आर्थिक जरिवाना गरेको हो ।

बोर्डले दुवै कम्पनीलाई १० हजारको दरले जरिवाना गरिएको जनाएको छ ।

बोर्डका अनुसार नागरिक लगानी कोषलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत बोर्डमा ढिला गरि पेश गरेकोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम रु. १०,००० जरिवाना गरिएको हो।

त्यस्तै  विल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत पेश नगरि तीन दिन ढिला गरि बार्षिक प्रतिबेदन पेश गरेकोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम रु. १०,००० जरिवाना गरिएको बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved