ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 10:55:19 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी ३.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२०  प्रतिशत नगद गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved