भिष्मराज ढुंगानाको मुद्दा आज 'हेर्न नमिल्ने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2023 | 12:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दा "हेर्न नमिल्ने'मा परेको छ ।  उक्त मुद्दामा सुनुवाईको लागि आज न्यायधीशद्वय हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलाशमा  पेशी तोकिएपनि मुद्दा 'हेर्न नमिल्ने'मा परेसंगै आजको लागि तय भएको पेशी स्थगित भएको छ ।  यो मुद्दा उक्त इजलाशको पहिलो नम्बरमा नै थियो ।

न्यायधीशहरुले एकपटक मुद्दा हेरिसकेपछि फेरि पनि सोहि मुद्दामा पेशी चढ्दा हेर्न नमिल्ने भन्दै मुद्दा हेर्न अस्विकार गर्ने गरेका छन् । 

अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर बर्खास्त गरेपछि ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । 

मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गर्न माग गर्दै २०७९ वैशाख २१ गते रिट दायर गरेका थिए । अदालतले सबै रिटलाई एकै साथ सुनुवाई गर्दै आएको छ । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

  २०७९ फागुन २५ गते यस मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको थियो ।  फागुन २५ मा कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की र न्यायधिश नहकुल सुवेदीको संयुक्त इजलाशले ढुंगानाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको थियो । उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग बर्खास्त गर्दाको निर्णयकपि ल्याउन भनिएको थियो । त्यस्तै बर्खास्त गर्दा टेकेका कानूनी आधारसहितका प्रमाणहरु के–के हुन् साथै ल्याउने गरी मिसिल झिकाउने आदेश भएको थियो । त्यसपछि पटक पटक यस मुद्दामा पेशी तोकिएपनि सनुवाई भने हुन सकेको छैन । 

अर्थ मन्त्रालयले ढुंगानालाई बर्खास्त गरेर २०७८ फागुनमा बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved