गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर पाउन आफैले कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2023 | 11:09:14 AM मा प्रकाशित

laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले बोनस शेयर पाउनको लागि कर तिर्न आग्रह गरेको छ। कम्पनीको वैशाख ६ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट  १३.२७१२ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस पाउनको कर तिर्नु पर्ने भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि  चैत्र २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले कर वापत लाग्ने रकम ग्लोबल आइएमई बैंक लिमिटेडको तीनकुने शाखामा  GURANS LIFE INSURANCE COMPANY LIMITED DIVIDEND TAX नाममा रहेको  खाता नं. : २३५०१०१०००६४८४ मा जम्मा गर्न आग्रह गरेको छ । कर तिरेको प्रमाण  कम्पनीको इमेल [email protected] मा वा सोझै यस कम्पनीको कुनै पनि शाखा कार्यालयमा पठाउन समेत कम्पनीले अनुरोध गरेको छ ।

 कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न कम्पनीले आग्रह गरेको छ। साथै, उक्त बोनस शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भए पश्चात अभौतिकीकरण गरेका शेयरधनीहरुबाट जम्मा भएको करको रकमको भिडान गरी सोही बमोजिम बोनस शेयरको रकम निजहरुको हितग्राही खातामा जम्मा गर्ने व्यवस्था गरिने र भौतिक रुपमा शेयर धारण गर्ने शेयरधनीहरुले समेत कर वापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नं. उपलब्ध वा आफ्नो शेयर अभौतिकीकरण गराए पश्चात मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले प्रष्ट पारेको छ।

आफुले प्राप्त गर्ने बोनस शेयरमा लाग्ने करको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडको वेवसाईट www.nmbcl.com.np वा कम्पनीको वेबसाईट www.guranslife.com मा गई हेर्न सकिने कम्पनीले जनाएको छ । शेयर दाखिला खारेजी बन्द भएको मिति भन्दा अघिल्लो दिन सम्ममा आफ्नो शेयर धितोबन्धक राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुको बोनस शेयरको कर वापतको रकम जम्मा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट NO Objection Letter वा फुकुवा पत्र (Release Letter) प्राप्त भए पश्चात मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले प्रष्ट पारेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved