साताको शेयरबजार: हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए, शिवम् र एचडिएलको कारोबार धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2023 | 11:15:02 AM मा प्रकाशित

laxmi sunrise bank

गत साताभर शेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेको छ । वैशाख १७ देखि वैशाख २१ गतेसम्मको अवधिमा नेप्से सूचक १९.६८ अंकले घटेको हो 

वैशाख १७ गते आइतबार बजार १८८९.४१ को बिन्दुमा खुलेकोमा वैशाख २१ गते बिहिबार बजार १८६९.७३ को बिन्दुमा बन्द भएको छ । गत साता कुल ४ दिन मात्र शेयर कारोबार भएको छ 

गत साता हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य सर्वाधिक ८.०३ प्रतिशत घटेको छ । त्यस्तै इस्टर्न हाइड्रोपावरको शेयर मूल्य ७.६९ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर मूल्य ७.५२ प्रतिशत, सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य ७.३३ प्रतिशत तथा हिमाल दोलखा हाइड्रोको शेयर मूल्य ६.८९ प्रतिशतले घटेको छ 

गत साता राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सर्वाधिक ६.६१ प्रतिशत बढेको छ । त्यस्तै लक्ष्मी लघुवित्तको शेयर मूल्य ६.५६ प्रतिशत, युनिलिभर नेपालको शेयर मूल्य ५.४१ प्रतिशत, मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ५.१ प्रतिशत तथा बुटवल पावरको शेयर मूल्य ३.५२ प्रतिशत बढेको छ 

समुहगत सूचक मध्ये गत साता निर्जीवन बीमा समुहको सूचक सर्वाधिक ०.५७ प्रतिशत बढेको छ । बाँकी सबै समुहगत सूचक घटेका छन् । गत साता हाइड्रो समुहको सूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ 

कारोबार संख्याको हिसाबमा सानिमा मिडिल तमोर हाइड्रो शिर्ष स्थानमा रहेको छ । गत साता कम्पनीको कुल ३ हजार ३ सय ६९ वटा कारोबार भएको छ । त्यस्तै ३ हजार ३ सय १६ वटा कारोबार सहित सगरमाथा जलविद्युत कम्पनी दोस्रो स्थानमा छ भने २ हजार ६ सय १९ वटा कारोबार सहित मोलुंग हाइड्रो तेस्रो स्थानमा छ । 

गत शिवम सिमेन्टको सर्वाधिक ११.६७ करोडको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ८.५ करोड, हिमाल दोलखा हाइड्रोको ८.४७ करोड, नबिल बैंकको ८.३७ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.९५ करोडको कारोबार भएको छ । गत साताभर कुल २ अर्ब ९९ करोडको कारोबार भएको छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved