बाराही हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 09:49:57 AM मा प्रकाशित

laxmi sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पूर्वस्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएपछि र नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved