
एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालीका कर्मचारीले एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा लगानी गर्ने भएका छन् ।
लगानी सम्बन्धी सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिकका तर्फबाट कम्पणीका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार एच मेडिकल एण्ड डाएगनोष्टिकका विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश कर्पोरेट पे रोल एसआईपी मार्फत निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्ने छन् ।
एनआईबीएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी हो । क्यापिटलले एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत नेपाल कै पहिलो खुलामुखी म्युचुअल फण्ड योजना 'एनआईबिएल सहभागिता फण्ड' संचालन गरिरहेको छ । एच मेडिकलका कर्मचारीले सोहि फण्डमा एसआईपी मार्फत लगानी गर्ने भएका हुन् ।