
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७५ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५१.१४ रुपैयाँ तोकिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १८९.५ रुपैयाँ थियो ।
कम्पनीले हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ। कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरिसकेको छैन ।