
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ। आज नेपाल ल्युब ओइल, ज्योति विकास बैंक र ग्लोबल आईएमई लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।
आज नेपाल ल्युब ओइलको २५ प्रतिशतले हुन आउने ९७ हजार ५ सय ६४ कित्ता बोनस शेयर, ज्योति विकास बैंकको ३ प्रतिशतले हुन आउने १२ लाख ८० हजार ३ सय २५ दशमलव ९९ कित्ता बोनस शेयर र ग्लोबल आईएमई लघुवित्तको ६ लाख ६३ हजार १ सय ७ दशमलव १९१२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएअप्ची लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।