यस्तो छ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय , अध्ययनपछि फेरि अघि बढ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 03:18:06 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्टक एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको हो । 

उक्त निर्णयमा स्टक एक्सचेन्जको लाईसेन्स दिने प्रक्रिया हाललाई अघि नबढाउन अर्थ मन्त्रालय मार्फत नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने उल्लेख छ  । नयाँ स्टक एक्सचेन्जको लाईसेन्सबारे  सङ्घीय संसद तथा सार्वजनिक रूपमासमेत गम्भीर चासो व्यक्त भएको र पुँजी बजारको विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त हुने भन्दै अनुमति प्रदान गर्नेसम्बन्धी कामकारबाही हाललाई अघि नबढाउन निर्देशन दिने निर्णय सरकारले गरेको हो । 

निर्णयमा भनिएको छ "धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न अनुमतिपत्र जारी गर्ने कार्य अघि बढाइएको भन्ने विषयमा सङ्घीय संसद तथा सार्वजनिक रूपमासमेत गम्भीर चासो व्यक्त भएको र पुँजी बजारको विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त देखिँदा अनुमति प्रदान गर्नेसम्बन्धी कामकारबाही हाललाई अघि नबढाउन धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११३ बमोजिम अर्थ मन्त्रालयमार्फत नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने । " 

अदालतले नयाँ स्टक एक्सचेन्जबारे परेका रिट खारेज गरेसंगै बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि फेरि आवेदन आह्वान गरेर प्रक्रिया अगाडी बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved