मनास्लु लघुवित्तको वार्षिक साधारणको मिति तय, यस्ता छन् महत्त्वपूर्ण ४ एजेन्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 10:23:59 AM मा प्रकाशित

laxmi bank

मनास्लु लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको मिति तय गरेको छ। यहि जेठ ३२ गते मध्यपुर ठिमी स्थित दिव्यश्वरी पार्टी प्यालेसमा चौथो वार्षिक साधारणसभा डाकिएको लघुवित्तले जनाएको छ। 

वार्षिक साधारणसभाका मुख्य एजेन्डामा २०७८-०७९ को वित्तीय विवरण स्वकृत गर्ने, अडिटरले प्रस्तुत गरेको प्रगति विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९-८० को लागि अडिटर नियुक्त गर्ने, संचालक समितिलाई मर्जर तथा प्राप्तिको लागि अख्तियार प्रदान गर्ने लगायतका विषयहरु रहेका छन्। 

वार्षिक साधारणसभाका लागि जेठ १८ गतेको लागि बुक क्लोज मिति तय गरिएको छ। जेठ १८ गते अगाडीसम्म कायम सेयरधनीहरुले मात्र मनास्लु लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved