
 2mb (1).gif)
आँखुखोला जलविद्युत कम्पनीको हकप्रद प्रस्ताव परिमार्जन भएको छ । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद निष्काशन गरेकोमा अब १५० प्रतिशत हकप्रद निष्काशन गर्ने जनाएको छ ।
विद्युत नियमन योगको निर्देशन अनुसार हकप्रद प्रस्ताव परिमार्जन गरिएको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि , कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।
हकप्रदबाट प्राप्त हुने रकम गणेश हिमाल हाइड्रोपावर प्रा. लि. ले प्रवर्द्धन गर्न लागेको २० मे.वा क्षमताको आँखुखोला -२ जलविद्युत आयोजनामा स्वपुँजी ( Equity) को रुपमा लगानी गर्ने तथा बाँकी रकम बैकं तथा वित्तिय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्ने कम्पनीले जनाएको छ ।
२० मे.वा क्षमताको आँखुखोला -२ जलविद्युत आयोजनामा कम्पनीले कम्तीमा ६० प्रतिशत लगानी गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।