नेपाल रिपब्लिक मिडियाको आईपिओमा माग भन्दा बढीको आवेदन, ३ लाख ६१ हजारले मात्र शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 08:44:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ । सिडीएससीका अनुसार कम्पनीको आईपिओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । 

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् । यी बाहेक अन्य आवेदक भने हात खाली हुने छन् । यद्यपि यो प्रारम्भिक तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

यो पनि : रिपब्लिक मिडियाको आईपिओ: घाटा सर्वसाधारणलाई, नाफा बाबुछोरीलाई

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved