शेयरबजारमाथि हस्तक्षेप नगर्न राष्ट्र बैंकलाई डा. युवराज खतिवडाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 06:07:25 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा हस्तक्षेप नगर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्  । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले आगामी मौद्रिक नीतिबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले सबै निकायले आ-आफ्नो क्षेत्रको मात्र गर्नु उचित हुने भएकोले राष्ट्र बैंकलाई शेयर बजारमा हस्तक्षेप नगर्न आग्रह गरेका हुन्  

उनले भने 'सबैले आ-आफ्नो क्षेत्रको काम गर्नु पर्छ, आफुले आफ्नो चुलो बलेको छ कि छैन मात्र हेर्नु पर्छ, अरुको चुलोबारे चासो राख्नु हुन्न' 

राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका खतिवडाले राष्ट्र बैंकले शेयर धितो कर्जामा सिलिङ तोक्ने, जोखिम भार तोक्ने लगायत शेयरबजारलाई असर पार्ने कार्य गर्नु नहुने बताए  । उनले शेयर बजारसंग सम्बन्धित कार्यहरु नेपाल धितोपत्र बोर्ड वा अन्य कुनै समबन्धित निकाय मार्फत हुनु पर्ने उल्लेख गरे  । 

यस अघि बिजपाटीसंगको अन्तर्वार्तामा पनि डा. खतिवडाले  शेयर धितो कर्जामा १२ करोडको क्याप रहेकोले आगामी मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यसलाई हटाईदिएर शेयर बजारको लागि सकारात्मक संदेश दिनु पर्ने बताएका थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved