समता घरेलु लघुवित्तले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 03:04:20 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लघुवित्तले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो । 

उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।  

लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजर ८ सय ५६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक शेयरधनी र साधारण शेयरधनीको  पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो  । 

२०७९ चैत्र मसान्त सम्मको कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४२ करोड ७४ लाख ४१ हजार ४ सय २१ रुपैयाँ रहेको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved