घोराही सिमेन्टको आईपिओ बिक्री स्थगन: शेयर भरिसकेको हकमा के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 04:12:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ बिक्री स्थगन गर्न निर्देशन दिएको छ । बोर्डको आज बसेको बैठकले कम्पनीको आईपिओ बिक्री स्थगन गर्न निर्देशन दिएको हो ।

बोर्डले आज आईपिओ निष्काशनको लागि बिक्री प्रबन्धक रहेको हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टलाई पत्राचार गर्दै सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । 

यस संगै हालसम्म आवेदन दिएकाको हकमा के हुन्छ भन्ने चासो बढेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अनुसन्धान तथा छानविन गर्न बिक्री स्थगित गरिएको बताए । बोर्डले अनुसन्धान तथा छानविन प्रक्रिया सम्पन्न नगरेसम्मको लागि हालसम्म आवेदन दिएकाको हकमा पैसा खाता मै होल्ड भएर बस्ने बताए । 

अध्यक्ष हमालका अनुसार  केयर रेटिङ्गको विषयमा उजुरी बोर्डमा परेको थियो। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश  नगरेको हमालले बताए । 

बोर्डको निर्देशनमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ । ' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved