स्थानीयले कुथेली बुखरी स्मल हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 08:10:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजना प्रभावित स्थानीयले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज असार ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १९ गतेदेखि स्थानीयलै शेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पूँजीको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरका १ सय रुपैयाँ अंकित दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको छ। यस निष्काशनमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।   लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीयले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । 

 यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved