रिलायबल लाइफ इन्स्योरेन्सले आईपिओ मूल्य ८७ रुपैयाँ बढायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 01:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank
आईपिओ निष्काशनको तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपिओको प्रिमियम मूल्य बढाएको छ । कम्पनी यस अघि प्रस्ताव गरेको भन्दा ८७ रुपैयाँ थप गरेको हो । 

कम्पनीले यस अघि अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले अंकित मूल्य १०० मा १९९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९९ रुपैयाँमा आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लेखापरीक्षण गराएपछि कम्पनीले प्रिमियम मूल्य थप गरेको जनाएको छ।  

 कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ  । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved