चिलिमेको सहायक कम्पनी 'चेस्को'ले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 02:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी (चेस्को) ले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

सम्झौतामा चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले २ लाख ९७ हजार ५ सय कित्ता साधारण शेयरनिष्काशन गर्न लागेको हो ।  यो चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी हो ।  यस कम्पनीले जलविद्युत कम्पनीहरुलाई इन्जिनियरिङ सेवा, कन्सल्टिङ सेवा, मर्मत सेवा लगायतका सेवा प्रदान गरिरहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved