यी ३ तरिकाबाट हेर्न सकिन्छ नेपाल रिपब्लिक मिडियाको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 11:09:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा शेयर बाँडफाँडगरेको हो। सर्वसाधारणलाई शेयर निष्काशन गर्ने पहिलो मिडिया कम्पनी बनेको रिपब्लिकले ५ तारे होटेलमा कार्यक्रम गरेर आईपिओ बाँडफाँड गरेको हो । 

उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपिओ बाँडफाँडमा सहभागी भएका छन्। उनी प्रमुख अतिथिको रुपमा आईपिओ बाँडफाँडमा सहभागी भएका हुन्  । उनले नै गोलाप्रथा गर्ने बल तानेका छन्  ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर र बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता शेयर पाएका छन् । 

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । 

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

यो पनि : रिपब्लिक मिडियाको आईपिओ: घाटा सर्वसाधारणलाई, नाफा बाबुछोरीलाई

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved