भगवति हाइड्रोले असार २४ देखि प्रिमियममा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 08:53:06 AM मा प्रकाशित

laxmi  sunrise bank

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असार २४ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले असार २४ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ५ लाख ७२ हजार ६५ कित्ता शेयर आयोजना प्रभावित कास्की जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यस निष्काशनमा पोखरा महानगरपालिकाका वडाहरु १३, १४ , १६ र २७ का स्थानीयले आवेदन दिन सक्ने छन् । यी वडा हरु साविकको पोखरा उप महानगरको वडा १३,१४,१८ र २२ तथा साविकको लेखनाथ नगरपालिकाको वडाहरु २,३,४,५,,६ र ७ वटा हरु हुन् ।  त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ८५ हजार ८ सय १० कित्ता शेयर निष्काशन हुने छ ।

कम्पनीले प्रिमियम मूल्य अर्थात् शेयरको अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा साउन ७  गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ७  गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । यस कम्पनीले कास्कीमा  ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved