रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ जारी गर्न पायो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 01:23:40 PM मा प्रकाशित

laxmi  sunrise bank
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज असार १५ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने छ । शेअर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले सुरुमा अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लेखापरीक्षण गराएपछि अंकित मूल्य १०० मा १९९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९९ रुपैयाँमा आईपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

तर अब कम्पनीले  अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति पाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved