शेयर संख्या बढाएर डिशहोमले फेरि माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 01:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन सेवा प्रदायक कम्पनी डिश मिडिया नेटवर्कले फेरि आईपिओ निष्काशन अनुमति माग गरेको छ।  कम्पनीले असार १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

यस अघि कम्पनीले ३ वर्ष अगाडी पनि शेयर निष्काशन गर्दै बोर्डमा आवेदन दिएको थियो  । सो समय कम्पनीले  २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको थियो।  तर लामो समयसम्म आईपिओ निष्काशन प्रक्रिया अगाडी नबढेपछि कम्पनीले फेरि आवेदन दिएर नयाँ प्रक्रिया सुरु गरेको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved