हाथवे सहित एक साथ ५ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति, ३ वटाको प्रिमियम आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 12:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले एक साथ ५ वटा कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले असर १६ देखि असार १९ गतेसम्म गरेर ५ वटा कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो 

बोर्डले हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेड, सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो 

हाथवे इन्भेष्टमेन्टको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ रहेकोले कम्पनीले ५० रुपैयाँ मै आईपिओ निष्काशन गर्न लागेको हो । त्यस्तै मिड सोलु हाइड्रोले प्रति कित्ता १ सय रुपैयाँमा शेयर निष्काशन गर्ने छ । 

बाँकी ३ कम्पनीले भने प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने छन् । जस अनुसार मान्डु हाइड्रोले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्ने छ । त्यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्ने छ ।  सन् नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले कर्मचारीलाई भने १०० रुपैयाँ मै शेयर जारी गर्ने छन् ।

कुनको कति कित्ता आईपिओ?

हाथवे इन्भेष्टमेन्ट लिमिटेड - प्रति शेयर ५० रुपैयाँमा २९ लाख २५ हजार कित्ता 

मिड सोलु हाइड्रोपावर लिमिटेड - प्रति शेयर ०० रुपैयाँमा १४ लाख ९६ हजर ८ सय कित्ता 

मान्डु हाइड्रोपावर लिमिटेड- प्रति शेयर २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३ सय ७० कित्ता 

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी-  प्रति शेयर २३९ रुपैयाँमा ९६ लाख कित्ता 

सिटिजन लाइफ इन्स्योरेन्स - प्रति शेयर २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved