घोराही आईपिओबारे रातको ९ बजेसम्म छलफल, आज निर्णय आउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 12:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको आईपिओबारे नेपाल धितोपत्र बोर्डमा मंगलबार साँझ अबेरसम्म छलफल भएको छ। बोर्डमा हिजो साँझ ९ बजेसम्म छलफल भएको स्रोतले जनाएको छ । 

छलफलले के निर्णय गर्यो भन्ने विषय सार्वजनिक गरिएको छैन । आज साँझसम्म बोर्डले औपचारिक जानकारी दिने बताईएको छ । बोर्ड स्रोतका अनुसार नियमित रुपमा आईपिओको प्रक्रिया अघि बढाउन दिने गरि निर्णय भएको छ । 

मंगलबार यसबारे छलफल गरेर बोर्ड अध्यक्ष रमेश हमाल आज क्यानडा प्रस्थान गरेका छन् । नेपाललाई सम्पति शुद्दिकरणको ‘ग्रे लिष्ट’मा पर्नबाट बचाउन गभर्नरको नेतृत्त्वमा २८ सदस्यीय टोली क्यानडा जाँदै छ। सोहि टोलीमा बोर्ड अध्यक्ष रमेश हमाल पनि रहेकोले उनी क्यानडा प्रस्थान गरिसकेका छन्।  फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को मूल्यांकन समूहसँग छलफलको लागि उक्त टोली क्यानडा जान लागेको हो। 

बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ भने बिहिबार क्यानडा प्रस्थान गर्ने छन् । राष्ट्र बैंकका गभर्नर र बोर्ड अध्यक्ष हमाल सहितको एउटा सानो टिम अमेरिका हुँदै क्यानडा जाने भएकोले आज नै प्रस्थान गरेका हुन् । यो टोलीले क्यानडामा हुने बैठक अगाडी अमेरिका स्थित एफएटिएफको मुख्यालयमा गएर  सम्पति शुद्दिकरणको ‘ग्रे लिष्ट’मा नपर्नको लागि नेपाल गरिरहेका कामबारे ब्रिफिङ गर्न  छ । त्यसको लागि सानो टिम अमेरिका हुँदै क्यानडा जाने र बाँकि भने सिधै क्यानडा जाने छन् । 

गभर्नर महाप्रसाद अधिकारीको नेतृत्त्वमा क्यानडा जान लागेको उक्त समूहमा प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीसहित नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल पनि रहने छन् । त्यस्तै उक्त टिममा प्रधानमन्त्री कार्यालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि, नेपाल धितोपत्र बोर्ड अध्यक्ष, नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि रहने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved