घोराही सिमेन्टको आईपिओबारे धितोपत्र बोर्डले गर्यो ४ निर्णय, प्रहरीले थप छानबिन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 04:27:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशन सम्बन्धमा विभिन्न ४ निर्णय गरेको छ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको  अध्ययन गर्न जांच समिति गठन भई जाँचबुझ समितिको प्रतिवेदनको आधारमा देहाय बमोजिम निर्णय भएको बोर्डले जनाएको छ ।

यस्ता छन् बोर्डका निर्णय:

१) केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदककरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने,

२) निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता शेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने,

३) आस्वा सदस्य एनआइसी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाउने,

४) सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक (लगानीकर्ता), आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको कामकारवाही शेयर निष्काशनकर्ता कम्पनीको कामकारवाही भन्दा भिन्न रहेको र आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता भएको नदेखिएको अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणवाट आवेदन गरेका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड रकम  होल्ड भएको तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार दुई सय पचास रुपैया कम्पनीको खातामा रकमान्तर भैसेकेको र आ.व. २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी बुँदा नं १, २ र ३ मा उल्लेखित विषयमा छानविन कार्य अगाडी बढाउने गरी हाललाई देहाय बमोजिम स्थगन भएको निष्काशन खुला गर्ने ।

क) घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनका लागि सि आस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता / खारेज गर्न सक्ने व्यवस्था गर्ने,

ख) आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने,

ग) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १० को उपनियम (२) मा उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा थप गरिएको तीन दिनको समयावधि भित्र माग गरिएको सम्पूर्ण धितोपत्र बिक्री नभएमा मिति २०८०/०२/३२ देखि २०८०।०३।०४ सम्म ५ दिन निष्काशन खुला भइसकेको सन्दर्भमा आवेदन संशोधनको लागि थप गरिएको ३ दिनको समय पश्चात वढीमा थप ७ दिन निष्काशन खुला राख्न सकिने व्यवस्था गर्ने,

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved