आजदेखि प्रिमियम मूल्यमा आइएमई लाइफ इन्स्योरेन्सको आईपिओ खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 08:01:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले आज असार २१ गतेबाट सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गर्न रेको हो ।  यस निष्काशनमा  लगानीकर्ताले  असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ।

 आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved