प्रिमियममा माण्डु हाइड्रोको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 08:01:39 AM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले आज असार २८ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले  आज असार २८ गतेदेखि आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिम्यम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो  

कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। यस निष्काशनमा ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउपालिकाको वडा नम्बर ५,६, ७, र ८, तथा इन्द्र सरोबर गाउपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३६ हजार ३ सय ६४ कित्ता शेयर निष्काशन हुने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा साउन ११ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ११ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved