गत वर्ष आईपिओमा नयाँ रेकर्ड, २२ अर्बको शेयर निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 03:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा नेपाल धितोपत्र  बोर्डले २२ अर्ब भन्दा बढी रकमको आईपिओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले २२ अर्ब ८६ लाख १२ हजार ८ सय ९७ रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो 

यो कुनै एक आर्थिक वर्षमा अनुमति प्रदान गरिएको मध्ये हालसम्म कै ठूलो रकम हो । यस अघि आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब १८ करोडको आईपिओ निष्काशनको लागि बोर्डले अनुमति दिएको थियो । बोर्डमा भिष्मराज ढुंगाना अध्यक्ष हुँदा सो रेकर्ड कायम भएको थियो । ढुंगानाको पालामा बनेको सो रेकर्ड अहिले रमेश हमाल अध्यक्ष हुँदा तोडिएको हो 

आर्थिक वर्ष २०७९/८० मा बोर्डले कुल ४२ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । जस मध्ये २९ वटा हाइड्रोपावर समुहका कम्पनी छन् । त्यस्तै ४ वटा लघुवित्त कम्पनी, अन्य समुह १ कम्पनी, इन्स्योरेन्स समुहको ४ कम्पनी, होटेल समुह १ कम्पनी, लगानी समुहको १ कम्पनी र उत्पादन तथा प्रशोधन समुहको १ कम्पनी रहेको छ  । 

अन्य समुह अन्तर्गत कालिन्चोक दर्शन र रिपब्लिका , होटेल समुह अन्तर्गत होटेल, लगानी समुह अन्तर्गत हाथवे इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन समुह अन्तर्गत घोराही सिमेन्टले शेयर निष्काशन अनुमति पाएका हुन्  । पहिलो पटक रिपब्लिक मिडियाले आईपिओ निष्काशन गरेर आईपिओ जारी गर्ने पहिलो मिडिया कम्पनी पनि बनेको छ  । त्यस्तै पहिलो पटक धितोपत्र बोर्डले ५० रुपैयाँ अंकित मूल्य भएको कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ  । हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँ अंकित मूल्य मै शेयर निष्काशन गर्न अनुमति पाएको हो  ।

नेपाल धितोपत्र  बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बोर्डले फटाफट काम गरेकोले धेरै कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गर्न सफल भएको बताए  । कम्पनीले आवेदन दिएपछि समयसीमा नै तोकेर बाँकी काम गर्ने गरिएकोले आईपिओमा रेकर्ड ब्रेक भएको बताए  ।

त्यस्तै आईपिओ निष्काशन गर्न चाहने कम्पनी पनि बढ्दै गएको र प्रिमियम मूल्यमा पनि आईपिओ निष्काशनको अनुमति प्रदान गरिएकोले २२ अर्बको आईपिओ निष्काशनको अनुमति प्रदान गर्न सम्भव भएको देखिन्छ  ।

कुन आर्थिक वर्षमा कति आईपिओ निष्काशन अनुमति ?

आर्थिक वर्ष २०७९/८० - २२ अर्ब ८६ लाख 

आर्थिक वर्ष २०७८/७९- ७ अर्ब २० करोड 

आर्थिक वर्ष २०७७/७८ - १५ अर्ब १८ करोड 

आर्थिक वर्ष  २०७६/७७- ३ अर्ब ९९ करोड 

आर्थिक वर्ष २०७५/७६ - ७ अर्ब ३४ करोड 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved