घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 08:30:28 AM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल चयन भएको छ । यस संगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड भईसकेको छ। उक्त शेयर नेप्सेमा सुचिकृत भएसंगै लगानीकर्ताले कम्पनीको शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

 कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  

आईपीओमा १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved