आईपीओबाट संकलित रकम 'दुरुपयोग' भएको धितोपत्र बोर्डको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 01:03:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपीओ निष्काशन गर्ने कम्पनीहरुले आईपीओबाट संकलन गरिएको रकम दुरुपयोग गर्ने गरेको आशंका धितोपत्र बोर्डले गरेको छ । एउटा प्रयोजनको लागि भनेर आईपीओ मार्फत रकम संकलन गर्ने तर संकलित रकम अर्कै प्रयोजनको लागि प्रयोग हुने गरेको आशंका बोर्डले गरेको हो।

सोहि कारण बोर्डले अब धितोपत्र निष्काशनका वखत निष्काशनकर्ता कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरे/नगरेको सम्बन्धमा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने भएको छ । बोर्डले नीति कार्यक्रममा पनि यसबारे उल्लेख गरेको छ। 

सुचिकृत कम्पनीहरुले आफ्नो विवरणपत्रमा आइपीओबाट संकलित रकम कहाँ र के को लागि खर्च गरिन्छ भन्ने उल्लेख गर्नु पर्ने व्यवस्था छ  । सोहि अनुसार कम्पनीहरुले विवरणपत्र रकमको प्रयोगको व्यवस्थाबारे उल्लेख गर्ने गरेका छन्  । जुन जुन शिर्षकमा रकम प्रयोग गर्ने हो, सो उल्लेख गर्नु पर्ने व्यवस्था छ।

तर कम्पनीहरुले विवरणपत्रमा उल्लेख गरिएभन्दा फरक प्रयोजनको लागि रकम खर्च गर्ने गरेको आशंकामा बोर्डले यसबारे अध्ययन गर्ने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved