अरुण भ्याली हाइड्रो र रिडी पावरले मागे हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 05:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडले हकप्रद निश्क्सहंको अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले साउन २४ गते बोर्डमा आवेदन दिएका हुन् ।

अरुण भ्यालीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपात अर्थात् शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

त्यस्तै रिडी पावरले  हाल कायम चुक्ता पुँजीको १:०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो ।

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छन् । दुवै कम्पनीले हकप्रद निष्काशनको मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved