
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले आज आइतबार सूचना प्रकाशन गर्दै म्याद थप गरिएको जनाएको हो ।
यस संगै अब कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले भदौ ३ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।
कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर निष्काशन गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेकोएपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाईएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ।
विद्युत नियमन आयोगले गत माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको थियो । कम्पनीको आर्थिक वर्ष ७७/७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
यो पनि : नयाँ आयोजना बनेपछि २० देखि २५ प्रतिशत लाभांश दिन सक्छौ: अध्यक्ष थापा, सिनर्जी पावर