माण्डु हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ४३ हजार जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 09:57:14 AM मा प्रकाशित

laxmi sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो 

क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो  । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ  ।  यस हिसाबमा १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक शेयर पाउन अयोग्य भएका छन्  । 

क्यापिटलका अनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ  । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्  । बाँकि आवेदक भने हातखाली भएका छन्  । 

क्यापिटलका अनुसार १ लाख ४१ हजार २ सय ९६ जनाको आवेदन सीआस्वा सदस्यहरुबाटै रद्द भएको थियो । त्यसै दोहोरो आवेदन भएको ५७८ जनाको आवेदन रद्द गरिएको हो । स्थानीयको शेयर पाएका ४९ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ ।  वैदेशिक रोजगारीको आरक्षणको शेयर पाएका १९ सय २३ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कर्मचारीको आरक्षणको शेयर पाएका ८ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कम्पनीका २३ जना प्रमोटरले पनि आईपीओमा आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ । 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

कम्पनीले भदौ १० देखि भदै १३ सम्म सर्वसाधारणलाई  १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ । 

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved