३ वटा कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 08:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भदौ ३१ गते आइतबार ३ वटा कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।  आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर लिमिटेड र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको हो । 

सिनर्जी पावर कम्पनीले भदौ ३ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर निष्काशन गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ।  कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।  कम्पनीले  हकप्रद निष्काशनको लागि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । 

अरुण काबेली पावर लिमिटेडले भदौ ११  गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले  हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा  शतप्रतिशत हकप्रद निष्काशन गरेको  हो । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर  निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गते देखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.३५ को अनुपातमा ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्  । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved