मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 02:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज १० गते आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ  ।

हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रहेको छ  । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ  । यो मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved