सोनापुर सिमेन्टको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 05:37:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा आज तेस्रो दिनसम्म ७ लाख ३२ हजार बढीले आवेदन दिएका छन् । 

मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९ सय ५३ जना आवेदकले ८५ लाख ६६ हजार ८ सय ४० कित्ताका लागि २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८ सय ४७ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ८८.० प्रतिशत हो ।

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved