सीड इनर्जी लिमिटेडले आईपीओ र पीपीओ मार्फत २६ करोड पुँजी जुटाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 10:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

सीड इनर्जी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) र पीपीओ (प्राइभेट प्लेसमेन्ट अफरिङ) मार्फत थप पुँजी जुटाउने प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले कम्पनीको अधिकृत पुँजी १ अर्ब ५ करोडबाट बढाएर १ अर्ब १५ करोड पुर्याउने निर्णय गरेको छ । त्यस्तै कम्पनीले २६ करोड ४ लाख पुँजी थप्ने निर्णय गरेको छ । जस मध्ये ११ करोड ५० लाख आईपीओ मार्फत र बाँकि रकम पीपीओ मार्फत जुटाउने निर्णय कम्पनीले गरेको छ । कम्पनीले यस अघि हकप्रद मार्फत संकलन गरेको २० करोड ५२ लाख रकम उर्जा, उत्पादन तथा पर्यटन क्षेत्रमा लगानी गर्ने भएको छ । 

कम्पनीले यस अघि नै आईपीओ निष्काशन तथा परामर्श सेवाको लागि  एनएमबी क्यापिटलसंग सम्झौता गरिसकेको छ। सीड इनर्जी लिमिटेड इन्भेष्टमेन्ट कम्पनी हो । सीड इनर्जी लिमिटेडलाई  सीड इन्भेष्टमेन्टमेन्ट प्राइभेट लिमिटेडले व्यवस्थापन तथा प्रबर्दन गेको छ  ।

सीड इनर्जी लिमिटेडले जलविद्युत, पूर्वाधार, होटेल , उत्पादन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।  कम्पनीले विन्ध्यवासिनी हाइड्रो, होटेल ठमेल, एरो ब्रिक्स लगायतका कम्पनीमा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved