अरुण काबेली पावरको हकप्रद बाँडफाँड, २० लाख कित्ता शेयर बिकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 08:40:35 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । असोज १९ गते कम्पनीको संचालक समितिले शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ।

कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने ७८ हजार २ सय ३ जना शेयरधनीहरुलाई १ करोड ६५ लाख ३७ हजार २  सय ८८ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको नबिल इन्भेस्टमेन्टले जनाएको छ। यस हिसाबमा कम्पनीको २० लाख १४ हजार ८ सय १७ कित्ता हकप्रद बिक्री भएको छैन । यो शेयर अब लिलाममा आउने छ । 

कम्पनीले हकप्रद भन्दा बढीको लागि आवेदन दिएका शेयरधनीहरुलाई असोज २४ गतेदेखि आईपीएस मार्फत आवेदकको बैंक खातामै रकम फिर्ता गरिने जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्न पनि कम्पनीले आग्रह गरेको छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved